अहिलेका


राष्ट्रबैंकले बेच्यो तीन हजार एक सय असर्फी

काठमाडौं, १९ कात्तिक ।

तिहारका बेला राष्ट्रबैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का बिक्री गरेको छ ।

१० ग्रामका सुनका सिक्का ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्रबैंकले जनाएको छ ।

राष्ट्रबैंकले गत सोमबार र मंगलबार सुन तथा चाँदीका सिक्काको बिक्री खुला गरेको थियो । यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थानका दरले राष्ट्र बैंकले असर्फी बिक्री गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ हजार थान १० ग्रामका, ८ हजार थान ५ ग्रामका र ९ हजार थान साढे २ ग्रामका गरी कुल २० हजार थान असर्फी छपाएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!