अहिलेका


राष्ट्रिय सहमतिमा एमसीसी अघि बढाउने माओवादी निर्णय

जनकपुरधाम, २३ कात्तिक ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि बढाउने बताएको छ ।


पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन गरेर अगाडि बढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जनाए ।
प्रवक्ता महरा भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भएको छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन्, केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडि बढ्दैन ।’
यसअघि एमसिसीबारे सत्ता गठबन्धनका दुई शीर्ष नेता प्रचण्ड र शेरबहादुर देउवाको परस्पर विरोधी धारणा आएको थियो । स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई गत बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै प्रचण्ड र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!