अहिलेका


राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने रक्षामन्त्री रिजालको भनाई

विराटनगर, २३ असोज ।

रक्षामन्त्री डा.मीनेन्द्र प्रसाद रिजालले राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै मन्त्री रिजालले सुरक्षा नीति सामूहिक सहमतिको विषय भएको बताए ।

राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफुले पनि काम गरिसकेको अनुभव सुनाउँदै मन्त्री रिजालले सुरक्षा नीतिलाई सामूहिक सहमतिका आधारमा अघि बढाउने बताए । उनले राष्ट्रिय विपत्तिमा अग्रभागमा रहेर उच्चकोटीको काम गरेको भन्दै नेपाली सेनाको प्रशंसा समेत गरे ।

सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै उनले भने– ‘नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको छ, सेनाको गौरव बढाउन सरकार कहिल्यै पनि पछि पर्दैन ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!