पुस ७
रौतहट,
रौतहटमा आगलागीमा परेर दुई बालबालिकोको ज्यान गएको छ ।फतुवा विजयपुर नगरपालिका १ बरगनियाका खेदु यादवका ३ वर्षीय छोरी आराध्या यादव र सन्दीप साहका ५ वर्षीया छोरा रोहित साहको आगोमा जलेर मृत्यु भएको हो ।मंगलबार दिउँसो स्थानीय मद यादवको घरबामा अचानक लागेको आगलागीमा परेर बालिका आराध्याको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै बालक रोहितको उपचारको क्रममा आज बुधबार बिहान टिचिङ्ग अस्पताल काठमाडौमा मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयरका प्रहरी निरीक्षक वष्ण् विश्वकर्माले जानकारी दिए ।मदन यादवको खरको छानो भएको घरमा लागेको आगोबाट नजिकै खेतबाट काटेर दौनीको लागि राखिएको रामविश्वास यादवको धानमा आलागी भएको थियो ।सोहि क्रममा खेलिरहेका बालक जलेर गम्भीर घाइते भएका थिए ।मदन यादवको घरको सम्पूर्ण धनमाल लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
