जनकपुरधाम, २८ कात्तिक ।
रौतहटमा कार दुर्घटना हुँदा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चोक हुँदै गौर तर्फ गइरहेको भारतीय नम्बरको युके १२८.२९०० सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चोक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा खस्दा दुर्घटना भएको थियो ।
दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि तत्कालै उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ । मृतकहरुको सनाखत भइसकेको जिल्ला अस्पताल गौरले जनाएको छ ।
चन्द्रनिगाहपुरबाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भै चारैजनाको ज्यान गएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।
