जनकपुरधाम, १३ पुस ।
रौतहटमा जन्तीबाट फर्किदै गरेको सवारी दुर्घटना भएको छ ।
मंगलबार दिउँसो ४ बजेर १० मिनेटमा चन्द्रपुर–गौर सडक खण्डको जयनगर भन्ने ठाउँमा जन्ती बोकेको स्कापिर्यो गाडी सवारी दुर्घटना भएको हो ।
बीआर ०५ पिए ६९५३ नम्बर प्लेटको भारतीय रातो स्कारपियो गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र तीनजनाको अवस्था गम्भीर रहेको इलका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार सबै भारतीय नागरिक रहेको बुझिएको छ ।
पोस्टमार्टमको लागि ग्रान्डी अस्तालमा तीनजनाको र एकजनाको हेल्थ लाइन अस्पताल गरुडा मृतकको शव राखिएको छ । सवारीमा सातजना सवार रहेका थिए ।
