काठमाडौं, १७ कात्तिक ।
लक्ष्मी पूजाका दिन देशमा बिजुलीबत्तीको संकट नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कात्तिक १८ गते परेको लक्ष्मी पूजाका झिलिमिलि बत्ती र उपकरण ढुक्क भएर प्रयोग गर्न प्राधिकरणले ग्राहकसँग आग्रह गरेको छ ।
प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा गत भदौमा विद्युत आपूर्ति प्रणालीमा १६ सय २० मेगावाट माग आएकाले तिहारमा आउने माग धान्न समस्या नपर्ने जनाइएको हो ।
तिहारका बेला दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण प्राधिकरणको छ ।
अहिले प्राधिकरणको आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म छ । यो मागभन्दा बढी छ ।
४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनासहित अरू केही नयाँ आयोजना प्रणालीमा थपिएकाले पिक आवरमा माग व्यवस्थापन गर्न समस्या नपर्ने प्राधिकरणको दाबी छ ।
