जनकपुरधाम, १४ मंसिर ।
लागूऔषधसहित एक १३ वर्षीय बालक महोत्तरीको औरही नगरपालिका– ४ कठुधारमा पक्राउ परेका छन् ।
सीमावर्ती भारतीय बजारबाट नाइट्रोभेट–१० लेखिएको ६० थान र स्पास्मो प्रोक्सिभोन १६ थान लागूऔषध लिएर नेपालतर्फ आउने क्रममा त्यो बालकलाई नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीले जनाएको छ ।
औरही नगरपालिका–४ कठुधारमा सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर रोकेर चेक गर्ने क्रममा त्यसमा सवार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १३ वर्षीय बालकका साथबाट लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले बताए ।
पक्राउ परेका बालकले कम्मरमा लगाएको बेल्टभित्र कालो प्लाष्टिकमा लागूऔषध लुकाइछिपाइ राखेका थिए ।
बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
