अहिलेका


लाग्यो कफ्र्यु सिरहामा, सवारीसाधन भने सुचारु रहने

सिरहा, १२ पुस ।
सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा घोषित आमहड्ताल र चक्काजामबाट उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गरी सिरहा प्रशासनले जिल्लाका केही भागमा सोमबार र मंगलबारका लागि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आइतबार जारी गरेको निषेधाज्ञामा पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको लोकमार्ग तथा लोकमार्गको उत्तरदक्षिण क्षेत्रमा पाँच सय मिटर आसपासका क्षेत्र र चोहर्वादेखि सिरहा सडक खण्डको पिके राज इन्टप्राइजेज (पेट्रोल पम्प) तथा सो मार्गको पाँच सय मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म भेला नहुन, बाहिर हिँड्डुल नगर्न र राजनीतिक सभा तथा गतिविधि नगर्न भनिएको छ ।

सो आदेश अवधिभर भने राष्ट्रिय लोकमार्ग र चोहर्वा–सिरहा खण्डमा यातायात सुचारु रहने जनाइएको छ ।

जनमत पार्टीले सिरहाको गोलबजारलाई आधारक्षेत्र बनाएर दुई दिनयता किसान आन्दोलन थालेको छ । आन्दोलनक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भइरहेका छन् भने प्रदर्शनकारीहरूले चक्काजामलाई अवज्ञा गरेको भन्दै गाडीमा समेत आगजनी गरेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!