अहिलेका


लालबाबु राउतको सरकार ‘टाइमपास’ शैलीको छ : नेता सोनल

किरण कर्ण

जनकपुरधाम, १२ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल प्रदेश २ सभाको संसदीय दलका नवनिर्वाचित नेता जितेन्द्र सोनलले प्रदेश २ को प्रदेशसभामा पार्टी सशक्त ढंगले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सोनलले मुख्यमन्त्री लालबाबु राउतसँग प्रस्ट दृष्टिकोण नरहेकै कारण प्रदेश सरकार जनताप्रति उत्तरदायी हुन नसकेको टिप्पणी गरे । उनले मुख्यमन्त्री राउतले सरकारमा टिक्नका लागि ‘टाइमपास’ गरिरहेको आरोप लगाए ।

उनले भने, ‘यो राउत सरकारसँग मधेसको उन्नति, प्रगति, समृद्धि, संघीयतालाई संस्थागत गर्ने सबालमा प्रस्ट दृष्टिकोण छैन, प्रस्ट योजना छैन ।’

‘एनिहाउ सरकार बचाउ’ भन्ने शैलीमा राउत सरकार काम गरिरहेको सोनलको भनाइ थियो ।


सोनलले भने, ‘अहिले क्याबिनेट बैठक बसिरहेको छैन, हाउस बन्द छ, मन्त्री–मन्त्रीका बीचमा मुद्दामामिला चलिरहेको छ । मन्त्रीहरूलाई बस्ने क्वार्टर छैन, अफिस छैन् । यो सरकारसँग व्यवस्थापन गर्ने कुनै व्यवस्थापकीय दृष्टिकोण नै छैन ।’

विभिन्न सञ्चारमाध्यममा प्रदेश सरकारका विभिन्न कर्तुतका समाचार आए पनि त्यसबारेमा प्रदेश सरकारसँग जबाफ नरहेको र कुनै दृष्टिकोण नरहेको नेता सोनलले बताए । ‘यो सरकार जसरी भए पनि समय काट्ने, चारपाँच वर्ष बिताउने योजनामा छ । तर हामी जनताको समय खेर जान दिँदैनौं ।’

तपाईहरू प्रतिगामी भएको आरोप छ भन्ने जिज्ञासामा सोनलले संसद् विघटनकै आधारमा अग्रगमण र प्रतिगमण छुट्याउन नसकिने तर्क गरे । उनले भने, ‘यो संसद्ले कुनै प्रोडक्ट दिन सकेको छैन । संसद चल्न पनि सकेको छैन । कुनै कानून बनाउन सकिरहेको छैन । यस्तो संसद् राखिराख्नुभन्दा लोकतन्त्रमा फ्रेस म्यान्डेट(जनादेश) का लागि जानु लोकतान्त्रिक विधि हुन्छ ।’

उनले अहिलेका प्रधानमन्त्री यही संसद् कतिपटक विघटन गरेको इतिहास भएको चर्चा गर्दै बाबुरामजीले हाँसीहाँसी प्रथम संविधानसभालाई विघटन गरेको सम्झन आग्रह गरे ।

‘बाबुरामजीले विघटन गरेको संविधानसभा सबैभन्दा समावेशी, शोषित, पीडित, उपेक्षित, उत्पीडितहरूको प्रतिनिधित्व भएको संविधान थियो । सदन विघटनले मात्र अग्रगमण प्रतिगमण हुन्छ भने को हुन् प्रतिगामी?,’ सोनलले प्रश्न गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!