अहिलेका


लोसपाबाट राजिनामा दिएका राजकुमार लेखी एमालेमा प्रवेश गर्ने संकेत

जनकपुरधाम १३ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट केन्द्रिय सदस्य राजकुमार लेखीले राजिनामा दिएका छन् ।

राजीनामा दिएका नेता लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
उनले राजिनामा पत्र सार्वजनिक गर्दै नया राजनिती यात्रा थालनी गर्ने जनाएका छन् ।
एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी र उनका समूह एमालेमा प्रवेश गराउने तयारी भइरहेको रहेको श्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको जनाएको छ । उनी आज नै एमालेमा प्रवेश गर्ने जनाएको छ ।

जसपा नेपालबाट विभाजित भएर नवगठित लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने र पुराना पार्टीभन्दा पनि खराब अवस्थामा पुगेपछि राजिनामा दिएको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!