जनकपुरधाम, ५ कार्तिक ।
प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी संसदिय दलको प्रमुख सचेतकमा परमेश्वर साहलाई चयन गरिएको छ ।
शुक्रबार बसेको लोसपाको संसदीय दल वैठकबाट उपनेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष समेत चयन गरिएको हो ।
जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोसपाको संसदिय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको वैठकले साहलाई प्रमुख सचेतकमा, उपनेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरीलाई चयन गरिएको जनाइएको छ ।
लोसपासँग प्रदेश २ मा १६ जना प्रदेशसांसद छन् ।
