अहिलेका


लोसपा संसदीय दलका नेताबारे गराइयो प्रदेशसभामा जानकारी

जनकपुरधाम, १२ असोज ।

प्रदेश नम्बर २ को प्रदेशसभा सचिवालयमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले संसदीय दलका नेता चयन गरेको जानकारी गराएको छ ।

सभामुख सरोजकुमार यादवलाई लोसपाको प्रदेश २ संसदीय दलका नेता चयन गरिएको भन्दै औपचारिक रूपमा जानकारी गराइएको हो ।

मंगलबार लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले संसदीय दलका नेता चयन भएको भन्दै औपचारिक पत्र सभामुख यादवलाई बुझाएका छन् ।

सोनल सोमबार मध्यराति सम्पन्न संसदीय दल नेताको निर्वाचनबाट दलका नेता चुनिएका हुन् ।

प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षको भूमिकामा रहनेछ । जसपा नेपाल नेतृत्वको प्रदेश २ सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेको छ भने १६ सांसद रहेको लोसपा प्रमुख प्रतिपक्ष र आठ सांसदमा सीमित भएको नेकपा एमालेले विपक्षी भूमिका निर्वाह गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सहभागी हुनेछन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!