अहिलेका


वडाध्यक्ष साहद्वारा व्रतालुलाई छठ पूजा सामग्री वितरण

जनकपुरधाम, १९ कात्तिक ।

जनकपुरधाममा छठ पर्वलाई मध्यनजर गर्दै एक जनप्रतिनिधिले व्रतालुलाई साडी र पूजा सामग्री वितरण गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष शत्रुधन साहले छठ व्रतालुलाई साडी, गहुँ, अगरबत्ती, चिनी र नरिवल वितरण गरेका हुन् ।

वडाध्यक्ष साहले व्यक्तिगत र केही दाताहरूका सहयोगबाट संकलन गरेका सामग्री करिब ४ सय व्रतालुलाई वितरण गरेका छन् ।
छठ पर्व गर्ने व्रतालुले नयाँ साडी लगाउनुपर्ने, गहुँको पिठोबाट बनाइएको प्रसादले पूजा गर्नुपर्ने भएकाले ती सामग्री वितरण गरिएको वडाध्यक्ष साहले बताए ।

उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने आवश्वासन दिए ।

छठका व्रतालुलाई पूजा सामग्री वितरण गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष शुत्रधन साह ।

पूजा सामग्री वितरण कार्यक्रममा उपस्थित संविधान सभा सदस्य दिनेश साहले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गरिनु वडाध्यक्ष साहको प्रशंसनीय काम भएको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!