अहिलेका


विद्रुप उखानटुक्का— ‘छठिहार रातिमे नुन चटाक मारि दितहुँ’

के छोरीका रूपमा गर्भस्थ हुनु र धरतीमा अवतरित हुनु अपराध हो ? के छोरी जन्माउनु पनि अपराध नै हो त ? होइन भने हामी छोरीप्रति किन यसरी मध्ययुगिन पाशविकता देखाइरहेका छौं ।

छोरीचेलीका सन्दर्भमा नृशंसता र क्रुरता किन सीमाविहीन भइरहेको छ । हाम्रो संवेदनशीलता किन यति तीव्र रूपमा स्खलति हँुदै गइरहेको छ ।
नेपाल र भारत दुवै देशमा यस विषयमा गम्भीर तथा गहन बहस जारी छ ।

Nityanand_Mandal
नित्यानन्द मण्डल

झन् केही वर्षयता नेपालमा भइरहेका बलात्कार, एसिड खन्याउने, मार्ने, जिउँदै जलाउने जस्ता बर्बर, भयानक, हिँसात्मक बारदातले सम्पूर्ण मानव जगतलाई गिज्याएको मात्रै होइन, मानव संवेदनहीनताका कारक पहिचान गर्न एकखालको दबाब सिर्जना गरेको छ ।

यसै सेरोफेरोमा रहेर हाम्रो समाजमा व्याप्त केही उखानटुक्कातर्फ यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छु । यी जम्मै कथित पुरुषसत्ताले स्थापित गरेका अवधारणा हुन् ।
जस्तै –“बेटा जन्मेतहिँ धरती साँवा हाथ उपर उठैत छैक” । अर्थात् छोरी जन्मिनुले धर्ती पनि काम्छ ।

“ई जे जनितिए त छठिहारे रातिमे नुन चट्टाक मारि दितिअ‍ै” ।

अब त छठिहारि(न्वारान हुने छैंटौं दिन) राति पनि पर्खिनु पर्दैन, भ्रुण पहिचान गरी दिनहँु हत्या शृखंलाको उद्यम अपत्यारिलो छ ।

“बेटी जन्मे नहिँ करमे डेराए,” “बेटी बान्हब आ हाथी राखब एक्के बात”

“ बेटी अजग्गी भ गेलैए”

“बेटी आ घोडा देश देखैय हई ”

“ धीया सासुरहिमे नीक बाद स्वर्गेहिमे नीक”

“बाबाक पगरी बचाकऽ रखहि हे”

“ सभके मोछ उखारि लेलकै”

“ नाक कान कट्टा देलकै”

“ कुलक्षणी भ गेलैए”

लाग्छ भएभरका सबै उखानटुक्का छोरीकै लागि बनाइएका हुन् ।

“ लडकी हँसी तो फसी ”

लाग्छ छोरीलाई कहिल्यै हाँस्न नै हुँदैन् । अनि किन भनियो त “यत्रनार्यस्तु पुज्यन्ते तत्र रमन्ते देवता ?”

र त अनुहारमा एसिडपीडित सम्झना दासको त्रासदीपूर्ण घटनाले समाजका यस्तै विद्रुप रूपलाई सदैव उजिल्याई रहनेछ ।


One thought on “विद्रुप उखानटुक्का— ‘छठिहार रातिमे नुन चटाक मारि दितहुँ’

Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!
%d bloggers like this: