अहिलेका


वैश्य समुदायलाई उपेक्षा नगर्न वक्ताहरुको आग्रह


जनकपुरधाम, ६ कार्तिक ।

वैश्य समुदायलाई उपेक्षा गरिदै आएको भन्दै वैश्य समुदायसंग सम्बन्धित नेताहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय जनगणनामा समेत वैश्य समुदायलाई उपेक्षा गरिदै आएको वक्ताहरुको भनाई थियो ।
नेपाल वैश्य युवा संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मन्त्री रघुवीर महासेठले वैश्य समुदायलाई सशक्त बनाउनका लागि एकत्रित हुनु पर्नेमा जोड दिए ।

राजनीतिक रुपमा सशक्त बनाउनका लागि समेत वैश्य समुदायहरु बिच एकता हुनु अति आवश्यक रहेको उनको भनाई थियो । उनले राजनीतिक रुपमा जता रहेपनि वैश्य समुदायको मुद्दामा सबैले गम्भिर हुने बेला आएको पूर्व मन्त्री महासेठको भनाई थियो । उनले राजनीतिक रुपमा सम्पूर्ण वैश्य समुदाय एक ठाउँमा आउनु सम्भव नरहेपनि मुद्दालाई आ–आफ्नो ठाउँबाट उठाउन सक्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य वैश्य समुदायहरुको उत्थानका लागि भाषण मात्रै गरेर नहुने भन्दै आक्रोश व्यक्त गरे । उनले पूर्वमन्त्री महासेठ तर्फ इंगित गर्दै संविधान त्रुटी पूर्ण बनिरहेको बेला समेत वैश्य समुदायकै केही नेताहरु पार्टीको ह्वीप बाट डराएर खुशी खुशी हस्ताक्षर गरेको सबैलाई स्मरण गराए । उनले वैश्य समुदायलाई राजनीतिक रुपमा समेत उत्थान गर्नका लागि भाषण मात्रै होइन व्यवहारमा समेत त्यस्तो गरेर देखाउनु पर्नेमा जोड दिए ।

संघका प्रदेश २ अध्यक्ष राजु साहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद प्रमोद साह, प्रदेश सांसद दिलिप साह र परमेश्वर साह, नेपाल वैश्य युवा संघका राष्ट्रिय अध्यक्ष दिलिपचन साहु, कार्यक्रम संयोजक शिवशंकर साह हिरा, भारत विहार एनडिएका नेता राजा चौधरी, राष्ट्रिय जनता दलकी सिमा गुप्ता, पुर्व राज्यमन्त्री अरबिन्द साह, नेताहरु हरिचरण साह, मनोज चौधरी समाजसेवी संजय साह, अमरनाथ गुप्ता सहितकाले आ आफनो धारणा राखेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!