अहिलेका


प्रदेश २ : शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिने, राज्यमन्त्री यादवको शपथ अनिश्चित

जनकपुरधाम, ३ मंसिर ।

प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्रीका रूपमा नेकपा(एकीकृत समाजवादी) का प्रदेश २ सभामा संसदीय दलका नेता शत्रुधन महतोले शपथग्रहण गर्ने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट महतोसँगै सिरहाबाट प्रदेशसभा सदस्य प्रमोदकुमार यादवले कानुन, न्याय प्रदेश सभा मामिला मन्त्रीका रूपमा शपथग्रहण गर्ने उच्च स्रोतले दिएको छ ।

उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीका रूपमा नियुक्त हुने सम्भावना भएका रौतहटका नागेन्द्र यादवको शपथग्रहण दुई मन्त्रीसँगै हुने वा पछि हुने भन्ने विषयमा टुंगो लागेको छैन ।

मन्त्रीहरूको नियुक्तिका लागि मुख्यमन्त्री लालबबाबु राउतले आजै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष सिफारिस गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टी(जसपा) नेपाल नेतृत्वको प्रदेश २ सरकारमा  सरकारमा सामेल हुने नेकपा (एकीकृत समाजवादी) चौथो राजनीतिक दल हो । पाँच दलीय केन्द्रीय गठबन्धनअनुसार सबै प्रदेशमा गठबन्धनकै सरकार गठन गर्ने सहमतिअनुरूप अन्तिममा नेकपा (एकीकृत समाजवादी) को प्रवेश हुने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्री बन्नेहरूको नाम उल्लेख नगर्दै उनले शनिबार नभए आइतबार नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरूलाई शपथग्रहण गराइने बताए । मुख्यमन्त्री राउत अहिले काठमाडौंमा छन् । भोलि शनिबार उनी जनकपुर फर्कनेछन् ।

उद्योग, पर्यटन तथा वन मन्त्री नियुक्त हुन लागेका भनिएका महतो पनि काठमाडौंमै छन् ।

 

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!