अहिलेका


शल्यक्रिया कक्षमा आकस्मिक विद्युत् प्रवाहको व्यवस्था नहुँदा जोखिम

जनकपुरधाम, ९ कार्तिक ।

प्रादेशिक अस्पताल जनकपुरधामको शल्यक्रिया कक्षमा आपतकालिन विद्युत प्रवाह नहुदा बिरामीको ज्यान जोखिममा छ ।

प्रादेशिक अस्पतालमा जेनरेटरमा विद्युत् लाइन कटेपछि अटोमेटिक रुपमा जेनरेटर सञ्चालन हुने प्रविधि जडान नभएका कारण कुनै पनि बेला दुर्घटना हुने खतरा रहेको महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको वडा नम्बर ७ स्थित बनौलीका स्थानीयवासी बब्लु चौधरीले जानकारी दिए । 

उनका बुहारी श्रृजना झाको रातिमा शल्यक्रिया गर्दा विद्युत् लाइन काटिदा जोखिम मोलेर भए पनि चिकित्सकको सुझबुझका कारणले ठूलो दुर्घटना टरेको बताए ।

रातिको समयमा आकस्मिक रुपमा शल्यक्रिया गर्दा लाइन काटिएर दुर्घटना हुने खतरा रहेकाले तत्काल विद्युत् प्रवाहको व्यवस्थापनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको बताए ।

गरिब तथा विपन्न एवं मध्यम खालका बिरामीको उपचार गर्ने थलोको रुपमा रहेको प्रादेशिक अस्पतालमा ठूलो जेनरेटर पनि रहेको छ तर जेनरेटरमा विद्युत् काटिएपछि स्वतः सञ्चालन हुने प्रविधिमा नभएका कारणले समस्या देखिइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवले बताए । 

अहिले प्रादेशिक अस्पतालको प्रसूति गृहमा दैनिक रुपमा १० देखि १५ वटा शल्यक्रिया मार्फत प्रसूति हुने गरेको छ भने अन्य प्रकारको शल्यक्रिया तर्फ गरेर दैनिक रुपमा २० देखि ३० वटासम्म शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । 

शल्यक्रिया कक्षमा भएका पुराना ब्याट्रीहरू काम लाग्ने अवस्थामा नरहेकाले नयाँ ब्याट्री लगाउनका लागि पनि आदेश दिइसकेको मेसु डा. यादवले जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!