अहिलेका


शहिदनगर नगरपालिकाद्वारा तीन दिनसम्म विदा

जनकपुरधाम, २२ कात्तिक ।

धनुषाको एक स्थानीय तहले छठ पर्वको अवसरमा तीन दिवसीय विदा दिइने निर्णय गरेको छ ।


धनुषाको शहिदनगर नगरपालिकाले छठ पर्वको मध्यनजर गर्दै कात्तिक २३ देखि २५ सम्म विदाको निर्णय गरेको जनाइएको हो ।
तराई मधेशमा पाँच दिनसम्म निष्ठापूर्वक निराहर रही मनाइने छठ पर्वमा व्रतालुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ सम्म सार्वजनिक विदा दिइने निर्णय गरेको छ ।
शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया यादव र प्रमुख प्रशासकिय अधिकृत शत्रुघ्न यादवले संयूक्त विज्ञप्ति जारी गर्दै विदा दिइएको जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!