अहिलेका


शिक्षास्थलको पूर्वाधार विकास आवश्यक : नगरप्रमुख साह

जनकपुरधाम, ९ असोज । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले शैक्षिक संस्थाहरूको पूर्वाधार विकास गरी पठनमैत्री बनाउनुपर्ने बताएका छन् ।

शनिबार जनकपुरधाम–२० रुपैठास्थित मद्रसा अताए मुस्तफामा जनकपुरधाम उपमहानगरपालिकाद्वारा गरिएको टाइल्स जडान तथा जीर्णोद्वारको अवलोकन एवम् उद्घाटन गर्दै प्रमुख साहले शिक्षाको पहुँचमा सबै बालबालिकालाई ल्याउनुपर्ने र गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नुपर्ने चुनौतीपूर्ण भएको उल्लेख गरे ।

उनले भने, ‘स्थानीय तहको क्षेत्राधिकारभित्र आधारभूत शिक्षा रहेकाले यसको प्रवद्र्धनमा जनकपुरधाम उपमहानगरपालिकाले आवश्यक र उचित साधनस्रोत लगाउनेछ ।’

कार्यक्रममा मद्रसाका पदाधिकारी तथा समाजका अगुवाहरूलाई सम्मान गरिएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!