अहिलेका


संघीयताविरोधीको प्रतिकारमा सदैव प्रदेश सरकार : मन्त्री साह

राजविराज, २५ कात्तिक ।
प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सङ्घीयताको रक्षा र संस्थागत गर्ने काममा प्रदेश २ सरकार सदैव अग्रणी र निर्णायक भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

सप्तरीमा आयोजित फरक–फरक कार्यक्रममा मन्त्री साहले विगतको संघीय सरकारले प्रादेशिक शासनको अभ्यासलाई नै निमोठ्ने गरी विचार र व्यवहार व्यक्त गरिरहँदा त्यसको सीधा प्रतिवाद गर्ने ल्याकत प्रदेश २ सरकारले नै देखाएको स्मरण गरे ।

उनले संविधानबाट प्राप्त केही अधिकारहरू संस्थागत गर्दै थप अधिकारका लागि संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्दै संघीयताको अभ्यासका लागि बाधक ऐनकानुन र नीतिनियममा सुधार गर्न गठबन्धन सरकार अघि बढ्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘प्रगितमनकारी र अधिनायकवादी सत्ता परास्त भएको छ । अबको गठबन्धन सरकार अग्रगमन र विगतमा थाँती रहेका संघीयताको सही कार्यान्वयनमा जोड दिनेछ,’ मन्त्री साहले भने ।

मन्त्री साह प्रेस मञ्च नेपाल सप्तरीद्वारा आयोजित शुभकामना समारोह र एकअर्को पार्टी प्रवेश कार्यक्रममा बोल्दै थिए ।

मन्त्री साहले प्रेस मञ्च नेपाल सप्तरीको कार्यक्रममा प्रदेश सरकार गठन भएपछि जनताले विकासको अनुभूति गर्न पाएको दाबी गर्दै सञ्चारक्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन भइसकेको र अब ती संयन्त्रलाई साधनस्रोत उपलब्ध गराएर परिणाममुखी काम गर्ने वातावरण तयार गरिने आश्वासन दिए ।

कार्यक्रममा मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, वरिष्ठ पत्रकार अवधेश झालगायतका वक्ताहरूले सञ्चार फाँटलाई थप व्यवस्थित गर्न प्रदेश सरकारले अझै पहल गर्नुपर्ने बताए ।

अर्का एक कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता समेत रहेका मन्त्री साहले नवप्रवेशीहरूलाई फुल, माला र अबिर लगाएर जसपा प्रवेश गराए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!