अहिलेका


संविधानले तोकेकै समयमा संघीय संसदको निर्वाचन हुने अध्यक्ष माधव नेपालको भनाइ

जनकपुरधाम, १८ कात्तिक ।


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानले तोकेकै समयमा संघीय संसदको निर्वाचन हुने बताएका छन् ।
बिहीवार एकीकृत समाजवादीले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाडैं नहुने बताएका हुन् ।

उनले संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताए । राष्ट्रियसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने उनले बताए ।

उनले भने, ‘कसैले भ्रम नपाले हुन्छ । आजै हुन्छ कि, छिट्टै चुनाव हुन्छ कि, छिट्टै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ । त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिँडेका छौँ । अगाडि बढेका छौँ । त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आँकलन हामीले गरिरहेका छौँ । हामी जित्नेछौँ । बाँकी हामीसँग ईर्ष्या गर्नेहरुको हालत खत्तम हुन्छ ।’

उनले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनु परेको बताए । उनले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी समेत गरे ।

एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनले स्पष्ट पारे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!