अहिलेका


संविधान संशोधनले व्यवस्था खलबलिने छ : रामचन्द्र पौडेल

जनकपुरधाम, १५ कात्तिक ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संशोधनको नभएर सुधारको आवश्यकता रहेको बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन भएमा व्यवस्था नै खलबलिने भएकाले अपूर्ण संविधानलाई सुधार गर्दै पूर्णता दिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले संविधान संशोधनका विषय विभिन्न राजनीतिक दलबाट आएकाले गम्भीर हुन आवश्यक रहे पनि अहिले संविधान संशोधनभन्दा पनि संविधानमा रहेका अपूर्णतालाई पूर्णताका लागि सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने, ‘कम्युनिस्टका नेता प्रचण्ड, केपी ओली, माधव नेपाल र बाबुराम भट्टराईलगायतले संविधान संशोधन भनिरहेका छन्, संविधान संशोधनले व्यवस्थालाई खल्बल्याउने भएकाले अपूर्ण रहेको संविधानलाई सुधार गर्दै पूर्णता दिन जरुरी छ ।’

संशोधन होइन, सुधार गर्नुपर्छ

पूर्व उपप्रधामन्त्री नेता पौडेलले जनताले भरोसा गरेका कम्युनिस्ट, मधेसी दललगायत असफल भइसकेको अवस्थामा काँग्रेसमाथि जनताको भरोस नहुँदा चिन्ता भएको बताए । उनले काँग्रेस जनताको भरोसा केन्द्र बनेमा लोकतन्त्रको रक्षा सम्भव हुने बताए ।

उनले भने,‘लोकतन्त्रलाई सुनिश्चित गर्नु नै मेरो अजेन्डा हो, अहिले पार्टी अस्तव्यस्त रहेकाले पार्टीलाई व्यवस्थित बनाउने हाम्रो पहिलो प्राथमिकता हो ।’

उनले पछिल्लो समयमा अस्तव्यस्त भइसकेको पार्टीलाई व्यवस्थित बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । ‘लोकतन्त्रमाथि खतरा बढ्दै गइरहेको छ,’ पौडेलले भने ‘अहिले मेरो पार्टी अस्तव्यस्त छ, पार्टी व्यवस्थित भएलगत्तै लोकतन्त्र पनि व्यवस्थित हुँदै जान्छ ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!