अहिलेका


संसद चल्न नदिएकोप्रति यस्तो छ मन्त्री झाक्रीको टिप्पणी

जनकपुरधाम, २९ मंसिर ।

शहरी विकास मन्त्री रामकुमारी झाक्रीले एमाले नसिद्धिएसम्म हाम्रो पार्टी नबन्ने बताएकी छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाक्रीले एमाले दक्षिणपंथी विसर्जनवादी पार्टी रहेकाले विघटन हुने तर्खरमा पुगेको भन्दै उनले एमाले पार्टी विघटन भएसंगै एकीकृत समाजवादी पार्टी थप मजबुत र संगठित हुँदै जाने बताएकी हुन् ।

एकीकृत समाजवादीकी केन्द्रिय सचिव समेत रहेकी मन्त्री झाक्रीले चितवनमा एमालेले गरेको १० औँ महाधिवेशनले विधान सम्मेलनलाई लत्याउँदै अमानवीयहरुको भिड जम्मा गरेर विचार, संगठन रुपान्तरण गर्नबाट चुकेको बताइन् । संसद चल्न नदिएकोप्रति टिप्पणी गर्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेको भुमिका रचनात्मक हुनुपर्ने अपरिहार्यता रहेपनि पटक पटक संसद विघटनकै कारण संसद प्रति वास्ता नगरेको आरोप लगाइन् ।

अहिले एमालेले गरिरहेको संसद अवरुद्धले केहि फरक नपर्ने बताउँदै उनले भनिन्, ‘पटक पटक एमालेले संसद विघटन गर्दै आएका कारणले एमाले लोकतान्त्रिक मूल्यमान्यतामा आधारित संसदीय व्यवस्थाप्रति प्रतिवद्ध छैनन् ।’ उनले अघि थप्दैँ भनिन्, ‘संसद विघटन गर्दै आएका एमालेकै कारणले हामीले संसद पुनःस्थापनाका लागि संयूक्त आन्दोलन नै गर्यौँ, संसदको पुनःस्थापना र रक्षाका लागि एमालेबाट हामीले विद्रोह गरेका हौँ ।’

मन्त्री झाक्रीले ०७१ साल देखि ०७८ सालसम्म एमालेको नेतृत्व गर्दै आएका केपी शर्मा ओलीले राजनीतिक समिक्षा, संसद विघटन संवैधानिक वा असंवैधानिकलगायतका विभिन्न क्रियाकलापको सिंहावलोकन समेत नगरेर मानवीय संवेदना नै नभएका अमानवीयहरुको भिड जम्मा गरेको आरोप लगाइन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!