अहिलेका


सकियो एमालेको मतदान, मतगणणाको तयारी हुँदै

चितवन, १४ मंसिर ।

नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सकिएको छ । केपी शर्मा ओलीले मंगलबार बिहान ४ बजे विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो ।

निर्वाचनका लागि दुई हजार एक सय ५३ जनाको अन्तिम मतदाता नामावली प्रकाशित भए पनि दुई हजार ८१ मतमात्र खसेको छ ।
निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणना हुनेछ ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको हो । विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी छ ।

यसैगरी ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव भएको छ ।

खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन भएको हो । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन भएको छ । दलित खुला सदस्य, थारू खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन भएको छ ।

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!