अहिलेका


सप्तरीका बाढीे पीडितलाई भारतको राहत

सप्तरी, १० असोज ।

नेपाल भारत महिला मैत्री समाजले जिल्लाका बाढीपहिरो पीडित परिवारका लागि सप्तरी प्रशासनलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

आइतबार राजविराजमा आयोजित एक कार्यक्रममा भारत सरकारबाट प्राप्त करिव एक सय पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री मैत्री समाजले हस्तान्तरण गरेको हो ।

सप्तरी जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई महिला मैत्री समाजकी अध्यक्ष तथा संघीय सांसद चन्दा चौधरीले करिब ४२ लाख रुपैयाँबराबरको राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।


कार्यक्रममा सांसद चौधरीले राहत सामग्री वास्तविक पीडितसम्म पुर्याउन आग्रह गरिन् ।

प्रमुख जिल्ला अधिकारी गौतमले सहयोगका लागि भारत सरकार र महिला मैत्री समाजलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

राहत सामग्रीमा अस्थायी बसोबासका लागि ठूला टेन्ट ३० वटा , साना टेन्ट ५५ वटा, मझौला टेन्ट २५ वटा र प्लाष्टिकका गुन्द्री २०० थानलगायत छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!