अहिलेका


सबैलामा नगरप्रमुख विरुद्ध भैसी प्रदर्शन

धनुषा, असोज १७

धनुषाको एक स्थानीय तहका जनप्रतिनिधिले भ्रष्टाचार गरेको आरोप लगाउदैँ लामो समयदेखि धर्नामा बसेका स्थानीयवासीहरुले भैसी जुलुस प्रदर्शन गरेका छन् ।

आइतबार भ्रष्टाचार विरुद्ध संयुक्त सङ्घर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दैँ विगत १४ दिनदेखि अनसन गर्दै आएपछि आज स्थानीयवासीहरुले उनीहरुको आन्दालेनलाई समर्थन गर्दै स्थानीयवासीहरुले नगरप्रमुख साह र कप्रमुख प्रशासकीय अधिकृत विरुद्ध भैँसी जुलुस निकालेका हुन् ।

सूचना माग गर्दै नगरप्रमुख साह सहित प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिव कुमार झा र इन्जिनियर रञ्जित यादवसमेतकाले बेवास्ता गरेपछि उनीहरू विरुद्ध साङ्केतिक रुपमा भैँसी जुलुस निकालेका हुन् ।

जुलुसमा सहभागीहरूले नगरप्रमुख र कर्मचारीहरू विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

नगरप्रमुख र कर्मचारीको मिलोमतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको आशंकामा सूचना माग गरिएपछि सो सूचना उपलब्ध नगराएको भन्दै अनसकारीहरु अनसन बसेको भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिका अगुवा सुरेश यादवले जनाएको छ ।

यता समितिका अगुवा यादवले सूचना नदिएसम्म आफूहरूको अनसन जारी राख्ने जनाएको छ ।

हालै सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा सबैला नगरपालिकामा व्यापक आर्थिक अनियमितता भइृ बेरुजु ठहर भएको भन्दै स्थानीयवासीहरुले समेत पालिकाको विरोधमा आन्दालेन गर्दै आएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!