अहिलेका


सबैला मेयर उम्मेदवार बन्न अनितालाई नेकपा एसको अफर

प्रशोधक समाचारदाता /जनकपुरधाम, ११ वैशाख ।
आँखा नबिझाइ हेरिरहन मन लाग्ने सुन्दर अनुहार, सुगठित एवम् चित्ताकर्षक शारीरिक बनोट, वैविध्यले भरिएका पहिरन र लोभिने गरगहनामा सजिएर सामाजिक सञ्जालमा अग्रता लिँदै गरेकी एउटी महिलालाई कयौं राजनीतिक दलले आसन्न स्थानीय तह निर्वाचनमा मेयर उम्मेदवार बन्न आग्रह गरेको सुन्दा झट्ट पत्यार नलाग्न सक्छ ।
मोहिनी लगाउने सुन्दरताकै धनीलाई राजनीतिमा ल्याउन दलहरूले तँछाडमछाँड गर्ने हो भने चलचित्र नायिका, मोडल र नर्तकीहरूकै बाहुल्य हुँदो हो स्थानीय तह निर्वाचनका उम्मेदवारमा भन्ने प्रश्न पनि उत्पन्न हुन सक्छ ।
तर, वास्तविक्ता हो । टिकटकदेखि फेसबुकसम्म आफ्ना फरक पहिरन, शैली र तर्कपूर्ण भनाइका साथ प्रस्तुत भइरहने अनिता यादवलाई नेकपा(एकीकृत समाजवादी) ले धनुषाको सबैला नगरपालिकामा मेयर उम्मेदवार बन्न कर गरिरहेको छ । आइतबार फेसबुकमा उनले लेखेर यस्तो खुलासा गरेकी छिन् । उनले अन्य दलले पनि आगामी आम निर्वाचनमा आफूलाई समानुपातिबाट चुनाव लड्न अफर गरेको पनि दाबी गरेकी छिन् ।
‘म सुन्दर देखिन्छु, मभित्र नयाँ सोच छ । जनताका लागि गर्नुपर्ने नयाँ किसिमका योजना छन् । जसलाई म पूर्ण ऊर्जाका साथ व्यवहारमा उतार्न सक्छु । त्यसैले दलहरूले चुनावी राजनीतिमा आउन आग्रह गरेको हुनुपर्छ,’ अनिताले प्रशोधक डटकमसँग भनिन् ।
सर्लाहीको कबिलासी नगरपालिकामा माइत भएकी अनिताका पारिवारिक पृष्ठभूमि राजनीति, प्राज्ञिक र सामाजिक क्षेत्रसँग जोडिएको छ । सामाजिक सञ्जालमा शिक्षा, स्वास्थ्य र मनोरञ्जन सबै खालका विषयमा व्यक्तिगत तस्बिरसहित घतलाग्दा तर विवेकपूर्ण टिप्पणीका साथ प्रस्तुत हुने अनिता चुनावी राजनीतिमा होमिन अबको केही बेरपछि काठमाडौंबाट जनकपुर आउँदैछिन् ।

Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!