अहिलेका


सबै काँग्रेसीका सभापति बन्ने देउवाको उद्घोष

जनकपुरधाम, १० पुस ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु सबैको सभापति भएकाले पार्टीभित्र सबैलाई समेटेर लैजाने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले सबैको भावना समेटेर हिँड्ने बताए ।

पार्टीभित्र सबैको भावनालाई सम्बोधन हुने उल्लेख गर्दै सभापति देउवाले भने, ‘म सबैलाई समावेश गरेर, सबैका सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु ।’

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले काँग्रेस जनतासँग भिजेको पार्टी भएको बताउँदै स्थानीय र सबै चुनावमा पार्टीलाई ठूलो बनाउने दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ । काङ्ग्रेस प्रजातान्त्रिक पार्टी छ र यस्तो प्रजातान्त्रिक अभ्यास गर्ने अरू पार्टी छ जस्तो लाग्दैन ।’

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!