अहिलेका


सभापतिमा जिते काँग्रेस एक बनाउने छु : नेता निधि

जनकपुरधाम, १४ मंसिर ।
नेपाली काँग्रेसका उपसभापति एवम् पार्टी सभापति पदका अवश्यम्भावी उम्मेदवार विमलेन्द्र निधिले आफू सभापति पदमा विजयी भए काँग्रेसलाई एक बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेखेर उनले संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि आउँदो चुनावमा काँग्रेस जित्नैपर्ने उल्लेख गरे ।

देशमा नेपाली काँग्रेसको र काँग्रेसमा मेरो नेतृत्व किन भन्ने शीर्षकमा उनले लेखेका छन्, ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता अनि शान्ति र अहिंसाको बाटो फराकिलो बनाउन कांग्रेसकै नेतृत्व आवश्क छ ।’

उनले जितका लागि काँग्रेस एक हुनैपर्ने आवश्यकता औंल्याए । नेता निधिले वडादेखि केन्द्रसम्मका पार्टी नेता तथा कार्यकर्ताहरूले आफूलाई समर्थन गर्ने विश्वाससमेत व्यक्त गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!