अहिलेका


सरकारद्वारा स्काउट तदर्थ समिति खारेज

जनकपुरधाम, १० असोज ।

नेपाल सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ ।

तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीसहित सदस्यहरुले समेत दिइएको जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले सो समिति खारेज गरेको हो ।

असोज ७ मा सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै युवा तथा खेलकुद मन्त्रालय मातहतका नेपाल स्काउट तदर्थ समिति खारेज गरेको जनाइएको छ ।

मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटाले तदर्थ समिति खारेज गरिएको पत्र पठाउँदै संयोजक लोकबहादुर भण्डारी, सदस्यहरू शिवबहादुर भण्डारी, विजेन्द्रध्वजु, इन्द्रभुषण यादव (अधिकारी) र सीमा कर्णलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफैंं युवा तथा खेलकुद मन्त्रालय सम्हाल्दै आएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रीस्तरीय निर्णयबाट ०७५ पुस १६ गते नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति गठन गरेको थियो ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!