अहिलेका


सरकार ढाल्नेहरू आज पोल खोलाखोलमा छन् : ओली

जनकपुरधाम, ९ कार्तिक ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यका तीनवटै निकायहरू अशक्त भएको बताएका छन् ।

उनले न्यायाधीशहरु आफैँ पोल खोला–खोलमा लागेको तथा संसद् असफल भइरहेको बताए । सरकार सम्पूर्ण रूपमा असफल भएको आरोप पनि उनले लगाए ।

‘राज्यका निकायहरू मर्यादित हुनुपर्छ । शक्ति पृथकीकरणको आधारमा चल्नुपर्छ । सम्मानित अदालतले हेर्ने भनेको संविधानको प्रयोग सही भएको छ कि छैन भने समुचित व्याख्या गर्ने हो ।

हिजो पाकिस्तानी शैलीमा परमादेशबाट सरकार बनाउने र हटाउने कुरा गरियो ।
अहिले श्रीमान् न्यायाधीशहरु नै विगतमा कसले के–के गर्नुभएको थियो भनेर उधिन्न थाल्नुभएको छ,’ ओलीले भने उधिन्न जाँदा के–के रहेछ भन्ने देखिन थालेको छ ।

पाँचैजनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्‍याउनु​ भएको छ । एकजनाले किन राजीनामा गर्नुहुन्छ ? पाँचैजनाले राजीनामा गरे हुन्न ।’

निष्पक्ष भूमिका निभाउनुपर्ने सभामुखले एमालेलाई सिध्याउनका लागि नाङ्गो षडयन्त्र गरिरहेको पनि उनको आरोप छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!