अहिलेका


सरकार होइन, व्यवस्थामा परिवर्तन जरुरी : उपेन्द्र यादव

जनकपुरधाम, ८ कात्तिक ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा शासकमात्र बदलिने तर व्यवस्था परिवर्तन नहुँदा देश समृद्ध हुन नसकेको बताएका छन् ।
उनले सत्ताभ्यासको शैली र परम्परा नबदलिँदा जनताले अपेक्षित परिवर्तनको अनुभूति गर्न नसकेको उल्लेख गरे ।

सोमबार जनकपुरधाममा जसपा नगर समितिद्वारा आयोजित दसैं, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको जिकिर गरे ।

उनले भने, ‘अहिले सरकार परिवर्तनको होइन, व्यवस्थामा परिवर्तन जरुरी छ।’

‘देशमा अहिलेसम्म निरन्तर सरकार परिवर्तनको खेलमात्रै चल्दै आएको छ । ओली सरकार गएपछि कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेको छ, तर जनताले परिवर्तनको अनुभुति गर्न सकेका छैनन्, उनले भने, ‘अहिले सरकार परिवर्तनको होइन, व्यवस्थामा परिवर्तन जरुरी छ।’

अध्यक्ष यादवले न्याय प्रणाली, संघीय संरचना, निर्वाचन प्रणालीसहितका राजनीतिक परिवर्तन आवश्यक रहेको बताए ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ,’ उनले भने,‘यो प्रणाली लागू भएपछि देशमा निर्वाचन खर्च घटनुका साथै महँगाइ समेत नियन्त्रण हुन्छ र राजनीतिमा तल्लोस्तरका व्यक्तिदेखि माथिल्लो स्तरका व्यक्तिसम्मको पहुँच हुनेछ ।’

उनले अहिलेको एकात्मक न्याय प्रणालीलाई सबैको पहुँच हुनेगरी संघीय न्याय प्रणालीमा परिवर्तित गर्नुपर्ने बताउँदै संघीय संरचनाअनुसार एकात्मक होइन संघीय प्रणालीअनुसार प्रदेशलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतका वक्ताहरूले पनि आ–आफ्ना धारणा राखेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!