अहिलेका


सर्पको डसाइबाट एक बालकको मृत्यू

महोत्तरी, १७ असोज ।

महोत्तरीमा सर्पको डसाइबाट एक बालको मृत्यू भएको छ ।

महोत्तरीको गाउँपालिका–२ स्थित अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मदन रामका १३ वर्षीय छोरा आकाश राम रहेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनल दिएको जानकारी अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेको अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!