अहिलेका


सर्लाहीका दुई जनप्रतिनिधि रंगेहात पक्राउ

जनकपुरधाम, २९ कात्तिक ।
सर्लाहीमा दुई जनप्रतिनिधिहरु घूस रकम सहित अख्तियारले पक्राउ गरेका छन् ।
अख्यितार आयोगको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर ११ का दई जना वडा सदस्यलाई घुस वापत लिएको रकम सहित पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उपभोक्ता समितिलाई ढलान सम्बन्धी काम सम्पन्न भएको सिफारिस गर्नका लागि १ लाख ५० हजार रुपैयाँ लिईरहेकै बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले दुवैजना जनप्रतिनिधिलाई रंगेहात पक्राउ गरेको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!