अहिलेका

सर्लाहीमा एक युवकको शव फेला

अनिल यादव/प्रशोधक
सर्लाही, ७ असार ।
सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८ मा एक युवकका शव बेवारिसे अवस्थामा खेतमा भेटिएको प्रहरीले जनाएको छ । स्थानीय २३ वर्षीय अमरेन्द्र ठाकुरको शव अगर्वा बजारभन्दा पश्चिम जाने सडकको किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हिजो राति शव फेला परेको खबर पाएलगत्तै घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । पोस्टमार्टमका लागि मृतकको शव लैजाने तयारी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । ठाकुरको हत्या गरिएको प्रहरीले अनुमान गरेको छ ।

घटनाबारे अनुसन्धानका लागि अहिले कुकुरसहित विशेष टोली बोलाएर परिचालन गरिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे अन्य केही कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!