अहिलेका


सर्लाहीमा ठक्करबाट एक जनाको मृत्यु

मलंगवा, २१ असोज ।

सर्लाहीमा ट्रयाक्टर ठक्करबाट एक जनाको मृत्यू भएको छ ।

सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्रयाक्टरको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु भएको हो ।

ज १ त ९२७९ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा हरिपुर–५ निवासी करिब ४७ वर्षिय पुकार महतोको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

जगंलबाट सुकेको दाउरा साइकलमा लिएर आउँदै ट्रयाक्टरले महतोलाई पछाडीबाट ठक्कर दिदा घटना स्थलमै मृत्यु भएकोे जनाएको छ ।
ट्रयाक्टर चालक पक्राउ नियन्त्रणमा रहेको जनाइएको छ ।
मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!