जनकपुरधाम, १६ कात्तिक ।
सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दा पेसीमा राखिएका छन् ।
मंगलबार ६ वटा इजलास तोकिएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र पेसीमा राखिएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने इजलासमा आफुलाई आजपनि राखेका छैनन् ।
नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गर्दै आएकोले सर्वोच्चका अन्य न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाका लागि इजलासमा नबस्ने घोषणा गरेका छन् ।
सोमबार पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको थियो ।
