अहिलेका


सापिटी लिएको रकमलाई ‘घुस’को रुपमा व्याख्या गर्दै डीएसपीलाई ३ महिना कैद

पुस ८

 

प्रहरीका डीएसपी रमेशकुमार तामाङले बहालमा रहँदा सापटका रुपमा लिएको लिएको रकमलाई घुसको रुपमा व्याख्या गर्दै सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको हो। २०७१ सालमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको प्रमुख रहँदा सेवाग्राहीसँग सापट लिएको ५० हजार रुपैयाँलाई अदालतले घुसको रुपमा ब्याख्या गर्दै डीएसपी तामाङलाई भ्रष्टाचार मुद्दामा ३ महिना कैदको सजाय सुनाएको हो।५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको भन्दै डीएससपी तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले तामाङलाई भ्रष्टाचार मुद्दामा २०७३ मंसिर २६ गते दोषी ठहर गर्दै तीन महिनाको कैद सजाय सुनाएको थियो। विशेष अदालतको फैसलाविरुद्ध तामाङले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए। पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पदानुकूल आचरण नगरेको भन्दै विशेष तामाङको हकमा विशेषकै फैसला सदर हुने निर्णय गरेको हो। तर तामाङले भने सापट भनेर ५० हजार रुपैयाँ लिएकोमा आफूलाई फसाउने उदेश्यले घुस भनेर षडयन्त्र रचेर मुद्दा दायर भएको दाबी गरेका थिए। सर्वोच्चको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सापटी लिने राष्ट्रसेवकलाई कसूरको मात्राअनुसार सजाय हुन सक्ने नै देखिन्छ। सोही प्रावधान प्रतिकूल हुने गरी प्रत्यर्थी प्रतिवादी रमेशकुमार तामाङले सेवाग्राही रामकृष्ण हुमागाईंबाट रकम सापटी लिएको देखियो।डीएसपी तामाङ बानेश्वर वृत्तमा कार्यरत रहँदा जग्गासम्बन्धी विवादको उजुरी परेको थियो। उक्त विवाद सल्टाइदिने भन्दै रामकृष्ण हुमागाईसँग घुस मागेको भन्ने उजुरी अख्तियारमा परेपछि उनीमाथि स्टिङ अपरेशन गरिएको थियो। बानेश्वरस्थित एभरेष्ट होटलबाट २०७१ माघ ८ गते ५० हजार रुपैयाँ डीएसपी तामाङलाई अख्तियारको टोलीले पक्राउ गरेको थियोतर, तामाङले उक्त ५० हजार रकम घुस नभएर हुमागाईसँग सापट लिएको बताएका थिए। विशेष र सर्वोच्चमा समेत उनले उक्त रकम आफूले सापट लिएको भनेर बयान दिएका थिए। डीएसपी तामाङले बयानमा भनेका थिए, ‘रामकृष्ण हुमागाईँ ७ महिना पुरानो साथी भएको, हामी अफिसमा चिया पिउँदै गर्दा सुनसरीबाट छोराले फोन गरी बहिनीको दाँत बनाउ पैसा चाहियो भनेर मागेका थिए । ‘सर अफ्ठ्यारो पर्दा त होनी सहयोग गर्ने कति चाहियो म दिन्छु नि’ रामकृष्णले भनेका थिए। मैल करिब ५० हजार हप्ता–दस दिनलाई सापट दिनुस् भनेको थिएँ। त्यो पैसा लिन २०७१ माघ ८ गते बानेश्वरस्थित एभरेस्ट होटल अगाडि बोलाएकाले बर्दीमै गएर पैसा लिएको हो। त्यही बेला मलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। उक्त रकम घुस होइन, मैले सापट लिएको हो

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!