जनकपुरधाम, ३० असोज ।
सामान्य विवादमा हातहतियार देखाउने एक व्यक्तिलाई स्थानीयवासीले प्रहरीको जिम्मा लगाएका छन् ।
सर्लाहीको बलरा नगरपालिका ३ स्थित लक्ष्मीपुरका नवनीत झाले स्थानीयसङ्ग भएको सामान्य झै झगडामा हतियार देखाउदा स्थानीयले पक्रेर प्रहरीलाई जिम्मा लगाएका हुन् ।
छिमेकी विनय झासँग नवनीत झाको सामान्य झगडा हुँदा नवनीत झाले पेस्तोल निकालेपछि गाउँलेहरुले नवनीतबाट पेस्तोल खोसेर प्रहरीलाई जिम्मा लगाइएको छ ।
इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक मोहन कटुवालले गाउँमा भएको सामान्य विवादमा पेस्तोल निकाली गाउँलेलाई ताक्ने नवनीत झालाई पेस्तोल र मैग्जिनसहित नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेका नवनीतलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको छ ।
