अहिलेका


साहको मन्त्री बन्ने सपना बगाए यादवले

काठमाडौ, २२ असोज ।
जसपा नेपालले अन्तिम क्षणमा आएर मन्त्री बन्ने सूचीमा रहेका प्रमोद साहलाई निकालेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा नाम पठाइएको भनिएको ठाउँमा महिन्द्रराय यादवलाई पठाइएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीले सिफारिस गरेका नामावलीमा साहको ठाउँमा यादवको नाम समावेश गरिएको छ ।


मन्त्री बन्ने सूचीमा समावेश यादव र निकालिएका साह दुवै सर्लाहीका हुन् ।

महन्थ ठाकुर पक्षले जसपा नेपालमा फरक मत र व्यवहार देखाउन थालेपछि उपेन्द्र यादवका पक्षमा कार्यकारिणी सदस्य र सांसदको बहुमत जुटाउन यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

साहले भने आफूसहित सात सांसदलाई उपेन्द्र पक्षमा ल्याएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!