जनकपुरधाम, कार्तिक ४ ।
अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि सिके राउतको घर अगाडी केहि साता देखि जलमग्न छ ।
जनकपुरधामको बलवा टोल स्थित सिके राउतको नीजि निवास अगाडी जनकपुरधाम उपमहानगरपालिकाले नाला तथा ढल निकासको व्यवस्थापन नगरेको भन्दै एक महिना देखि जनकपुरधाम उपमहानगरको कार्यालय समेत घेराउ गर्दै तोडफोड समेत गरेका थिए ।
तरपनि जनकपुरधाम उपमहानगरले बेवास्ता गरेपछि बुधबार नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई कुटपीट गर्दै जनकपुरधाम नगर परिक्रमा गराएका छन् ।
दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टी धनुषाका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई कुटपीट गर्दै जनकपुरधामको नगर परिक्रमा गराएका हुन् ।
जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए ।
कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए ।
निमित्त प्रमुख यादवलाई अर्धनग्न बनाएर कुटपीट गरी नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेका थिए ।
जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।
यता संस्थान प्रमुखलाई अर्धनग्न गर्दै दुव्र्यवहार गरेको भन्दै १३ जना जनमत पार्टीका स्थानीय कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेको भन्दै उनीहरु जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा बसेका छन् ।
