अहिलेका


सिके राउतको पार्टी पुग्यो प्रहरी कार्यालय

जनकपुरधाम, १४ कात्तिक ।
जनमत पार्टीको केन्द्रीय सचिवालयमा तोडफोड तथा साइनबोर्डमा आगजनी गरेको भन्दै पार्टीले १६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ ।

आवश्यक कारबाही तथा न्याय निरुपणको माग गर्दै पार्टीका धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । पार्टीका

उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहाले केन्द्यि सचिवालयमा तोडफोड र आगजनी गर्नेहरूविरुद्ध अडियो र भिडियो प्रमाणसहित उजुरी दिइएको बताए ।

पार्टीले दिएको उजुरीमा इन्जिनियर गौरी पंडित, विजय यादव, सरोज यादव, भवेश मिश्र, सुशील सिँह, सञ्जय महतो, अमस साहु, तपेश्वर यादव, उपेन्द्र साह, गोविन्द यादव, आमिन राईन, राहुल यादव, रणधीर झा, श्यामनारायण चौधरी, पशुपति यादव र नवीन यादवलाई विपक्षी बनाइएको छ ।

सामाजिक सञ्जालमा लेख्दै उपाध्यक्ष इन्जिनियर कुशवाहाले आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनीतिक पार्टीसँग आबद्ध केही इन्जिनियरसमेत संलग्न देखिएको हुँदा इन्जिनियरिंग काउसिन्सलले उनीहरूको लाइसेन्स यथाशीघ्र खारेज गर्न माग पनि गरेका छन् ।

जनमत पार्टीले केही दिनअघि एक सरकारी कर्मचारीमाथि हिलो छयापेर नगरपरिक्रमा गराएको ‘जनकारबाही’ पछि इन्जिनियरसमेत रहेका पार्टी अध्यक्ष डा.सिके राउतको लाइसेन्स खारेज हुनुपर्ने माग गरिएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!