अहिलेका


सिके राउतको व्यवहारप्रति मन्त्री क्रुद्ध


जनकपुरधाम, ९ कात्तिक ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रदेश २ को सरकार विरुद्ध खनिन थालेपछि मन्त्रीहरुले राउतप्रति कडा टिप्पणी गर्न थलोका छन् ।

जनमत पार्टीले प्रदेश २ सरकारको कार्यालय घेराउ गरी नांगोझार बनाउन आन्दोलनमा उत्रिएपछि प्रदेशका मन्त्रीहरु उनीप्रति क्रुद्ध बनेका हुन् ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले सिके राउतको रवैया प्रति टिप्पणी गर्दै उनलाई दलालको संज्ञा दिएका छन् ।

एक कार्यक्रममा बोल्दै मन्त्री साहले आफूलाई ठूलो वैज्ञानिक भन्न रुचाउने जनमत पार्टीका अध्यक्ष सिके राउत दलाल रहेको आरोप लगाएका हुन् ।

उनले सिके राउत देशभित्र एमाले अध्यक्ष केपी शर्मा ओली र अन्तर्राष्ट्रियस्तरमा अमेरिकाको दलाल बनेर मुलुकमा अस्थिरता निम्त्यिाउन खोजेको आरोप लगाए ।

मन्त्री साहले सिके राउतसँग सम्पूर्ण नेपाली जनतालाई सचेत हुन आग्रह गरेका छन् ।

त्यस्तै केहि दिन अघि आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णले सिके राउतले भ्रष्टाचार विरुद्धको आन्दोलनको नाममा अराजकता निम्त्यिाई जनतालाई भ्रममा पारी चुनावी हत्कण्डा अपनाएको आरोप लगाइन् ।

त्यसैगरी पूर्व राज्यमन्त्री सुरेश मण्डलले समेत सिके राउत र उनका कार्यकर्ताहरु टेबलेटियाहरुको समूह रहेको आरोप लगाए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!