अहिलेका


सिमानाका खुलेपनि सहज छैन भारत प्रवेश


जनकपुरधाम, १६ असोज ।

सरकारले भारतीय सीमानाका खोल्ने निर्णय गरेको एक साता भन्दा बढी भएको छ ।
१० दिन बित्दा पनि नेपालीहरुको लागि अझैसम्म पनि सिमनाका खुल्न सकेको छैन ।
सरकारले सिमानाका खुल्ला गरेपनि प्रदेश २ को विभिन्न नाकाबाट नेपालीलाई अझैसम्म पनि भारत तर्फ जान सहज छैन । भारतिय नागरिकहरु सहजरुपमा मुख्य नाकाबाट आउनजान सकेपनी नेपाली नागरिकलाई भने चोरबाटो हुँदै भारत तर्फ जानू परेको छ ।

नेपाल सरकारले सिमानाका खुल्ला गरेपनी भारत सरकारले भने आफ्नो तर्फको नाका खुल्ला गरेको छैन । कार्यान्वयनमा आएपछि आजदेखि खुल्ला गरिएको छ । नेपाली नागरिकको समस्या यथावतै रहेको छ ।
नेपाल सरकारले सीमानाका खोल्ने निर्णय कार्यान्वयनमा ल्याएपछि प्रदेश २ का विभिन्न नाकाहरुबाट सयौं भारतीय गाडी नेपाल भित्रिने गरेका छन् ।
तर नेपालबाट भारततर्फ जानका लागि चोरबाटो हुँदै पैदल जानुपरेको छ । सवारीसाधन पुर्णरुपेण प्रवेशमा बन्द गरिएको छ ।

भारत सरकारले नाका नखोलेको कारण धनुषा, महोत्तरी, सर्लाही सहित प्रदेश कुनैपनि जिल्लाको सीमानाकाबाट नेपाली नागरिकलाई सवारी साधन वा पैदल जान दिइरहेको छैन । नेपाली नागरिक पहिला झै नाका छेउछाउका खेती चौरीबाट नै आवत जावत गर्न बाध्य छन् ।
सीमानाका सँग जोडिएका क्षेत्रहरुबाट दैनिक हजारौ नेपाली नागरिक बजार गर्न भारततर्फ जाने गर्छन् । भारत तर्फ जानेहरु खेत र हिलो तर्दै सामान किनमेल गर्न पारीबाट आवात जावत गर्दै आएका छन् ।

धनुषाको नगराईन वडा नम्बर ५ बस्ने राकेश झाले नेपाल सरकारले भारतीय गाडीको प्रवेशमा खुल्ला गरेपनि हामिलाई सवारीसाधन लिएर र पैदल पनि मुख्यनाकाबाट जान नदिएको बताए ।
भारतीय पक्षले खुल्ला नगरेको कारण नाका छलेर चौरबाट आवात जावत गर्नु परिरहेको दुखेसो ।
त्यस्तै महोत्तरीको जलेश्वर बस्ने गुड्डु कुमार साहले पनि नेपाल सरकारले मात्रै सीमानाका खोलेर नेपाली नागरिक के फाइदा आफूहरु किनमेल गर्न गाडीबाट त के पैदल पनि हिजो जस्तै नाका छेउको खेत भएर हिलो तर्दै आवात गर्नु परिहेको छ ।
सीमानाका खोलिएपनि नेपालबाट भारततर्फ गराउने जानेहरु पनि नेपाली गाडी नेपालमै छोडेर पैदल हिंडेर उताबाट भारतीय गाडीबाट जानु परेको अवस्था देखिएको साहले बताए ।
भारतीय गाडी र नागरिकलाई नेपाल प्रवेशका लागि नाका खोलिएपनि नेपाली नागरिकका लागि अहिले पनि भारतीय नाका बन्द नै छन, तिनीहरु नाकाको छेउछाउ खेत चौरबाट आवात जावत गर्न बाध्य छन भन्ने प्रसंगमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले भने त्यो हाम्रो क्षमता भन्दा बाहिरको कुरा हो ।
उनले भने नेपाल सरकारको निर्णय अनुसार हामीले भारतीय गाडी र नागरिकलाई प्रवेश गर्न दिएका छौं तर नेपालीलाई भारततिर जाने समस्या दुई देशका सरकारको कुरा हो ।
दुवै देशका सरकारले छलफल गरेर नेपाली नागरिकका लागि भारतीय नाका खुल्ला गर्नु परयो ।
शुक्रवारदेखि खुल्ला गरिएको सीमानाकाको क्रममा प्रदेश २ का महोत्तरी बाहेक ७ वटै जिल्लामा आजबाट निगेटिभ रिपोर्ट र खोप लिएको कोभिड विरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर पैदल यात्रुका साथै मालवाहक र यात्रुवाहक सवारी साधनलाई भन्सार कटाएर प्रवेश गरेका छ ।
महोत्तरीले भने आइतवारदेखि खुल्ला गर्ने निर्णय गरेको छ ।

कोभिडको जोखिमलाई दृष्टिगत गर्दै गत २०७६ साल चैत १० देखि भारतीय गाडीको नेपाल प्रवेशमा रोक लगाइएको भनी दबावपछि पहिलो चरणमा गत माघ महिनादेखि १३ वटा नाका खोलिएको थियो ।
पछिल्लो पटक असोज ५ गते मन्त्रिपरिषदको बैठकबाट भारतसँग जोडिएका सबै सीमानाका खोल्ने निर्णय सरकारले गरेको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!