अहिलेका


सिरहापछि सिके राउतले धनुषा थर्काउने, बुधबार जिल्लामा चक्काजाम घोषणा

जनकपुरधाम, १३ पुस ।
डाक्टर सिके नेतृत्वको जनमत पार्टीले बुधबार धनुषा जिल्लामा आवागमन बाधित गर्ने भएको छ । किसानहरूका नाउँमा सिरहाबाट आन्दोलन थालेको पार्टीले मंगलबार साँझ जिल्लाका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गरी धनुषामा चक्काजामको घोषणा गरेको हो । त्यसक्रममा जनमत पार्टी मिथिला नगर समितिको आयोजनामा नगरअध्यक्ष सरोजकुमार महतोको नेतृत्वमा आज ढल्केवर बजारमा बुधबार मसाल जुलुश प्रदर्शन भएको हो ।

ज्नमत कार्यकर्ताहरूले पछिल्ला केही दिनयता राष्ट्रको जीवनरेखा भनिने पूर्वपश्चिम लोकमार्गमा आन्दोलन केन्द्रित गर्दै आएका छन् । सिरहाको मध्यवर्ती गाउँपालिका औरहीमा गहुँ बिउका विषयमा भएको द्वन्द्वपछि उनीहरूले लोकमार्गमा रहेको गोलबजार र मिर्चेया नगरपालिकामा हिँसात्मक प्रदर्शन गरेका थिए ।

मंंगलबार जनमत कार्यकर्ताहरूले मसाल जुलुसको केन्द्र लोकमार्गमा पर्ने मिथिला नगरपालिकाको ढल्केवर क्षेत्रलाई बनाएका छन् ।

जनमत पार्टी आन्दोलन समिति धनुषाका नाममा दीपनारायण यादवले मंगलबार साँझ जारी गरेको विज्ञप्तिअनुसार बुधबार जिल्लाभरि चक्काजाम रहनेछ भने सोही दिन जनकपुरधाममा आमसभाको आयोजना गरिनेछ ।

किसानका नाममा भएका आन्दोलनमा सिरहा प्रशासनले जनमत पार्टीका १८ कार्यकर्तालाई निसर्त रिहाइ र सिरहा अदालतले एकअर्कालाई साधारण तारेखमा रिहा गरेपछि जनमतकर्मीहरू अत्यधिक उत्साहित छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!