सिरहा, १७ कात्तिक ।
सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृत्यु भएको जनाइएको छ ।
सिरहा गोबजार नगरपािलका वडा नम्बर ८ स्थित मैनाबत्ती खोलाबाट बालुवम बोकेर आइरहेको स. १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर गोलबजार ४ का नशिवलाल सदायको छोरा ११ वर्षीय निशान्त सदायको मृत्यु भएको हो ।
ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लगिरहेको अवस्थामा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।
ट्याक्टर र चालक नियन्त्रणमा रहेको सिरहा प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको छ भने शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकालाई अस्पतालमा राखिएको जनाइएको छ ।
