अहिलेका


सिरहामा छुरा प्रहार युवकको हत्या आरोपमा ६ जना पक्राउ

रागिनी पण्डीत

७ पुस, जनकपुरधाम

सिरहामा छुरा प्रहारबाट युवकको हत्या आरोपमा पाँच जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका(६ मा डोहटियाका २६ वर्षका रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो भने सोही ठाउँका २६ बर्षका रिकेश सदा घाइते भएका थिए ।उक्त घटनामा संलग्नको आरोपमा २२ बर्षका भुवनप्रसाद महतो, १९ बर्षका श्रवणकुमार मण्डल, २० बर्षका कालु भन्ने रोहन विश्वकर्मा, १८ बर्षका सौकात खान र १९ बर्षका धर्मेन्द्र यादवलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।गोलबजारको लक्ष्मी मन्दिरदेखि पश्चिमतर्फ बाटोमा होहल्ला गरेको भन्दै रामकुमार सदाको समूह र दीपक साहको समूहबीच विवाद भएको थियो । सोही विवादमा झगडा हुँदा दीपक शाहको समूहले रामकुमार सदामाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले बताएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!