जनकपुरधाम, १६ कात्तिक ।
बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ ।
मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नोजल ल्यान्डिंग गियर भाँचिएको र धावन मार्गमै रोकिएको प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी जानकारी दिए ।
सो दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको अधिकारीलेलाई बताए । विमानमा चालकदल सहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो ।
अहिले विमान धावनमार्गबाट हटाउने काम भईरहेकाले विमानस्थल बन्द गरिएको जनाइएको छ ।
