अहिलेका


सीमा नखुल्दा घर फर्कनेलाई सास्ती

जनकपुरधाम, २२ असोज ।
नेपाल सरकारले भारतसँग जोडिएका दक्षिणी सीमाहरूमा आवागमन खुलाउने निर्णय भएको एक महिना हुन लाग्दा पनि धनुषाको जटही नाकाबाट सवारीसाधनहरू ओहोरदोहर अवरुद्ध छन् ।

भारतीय सीमा सुरक्षा बलले सीमा खुलाउनेबारे भारत सरकारको पत्र नआएकाले सीमामा सवारीसाधनको आवागमन रोकिएको बताएको छ ।

सीमामा सवारीसाधन वारपार नहुँदा भारत र नेपालबाट आवतजावत् गर्नेहरूलाई सास्ती व्योहोर्नु परिरहेको छ । जटही नाकामा नेपाल र भारतका सवारीसाधन पार्किंगका बीचमा करिब पाँच सय मिटरको दुरी छ ।

चडबाडका बेलामा सरसामानसहित घर फर्कनेहरूलाई सीमा नखुल्दा सबैभन्दा बढी समस्या झेल्नु परिरहेको छ । यस विषयमा प्रशोधक डटकमका लागि अनिलकुमार कर्णको एक रिपोर्ट

https://fb.watch/8vqHukS37y/


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!